Dental Villa 

    +977-1-5376659, 9860042395

Balkhu, Kuleshwor Road, Hanagulu Marg

Near Nepal SBI Bank, Kathmandu, Nepal

 Open Hours: Sun-Fri 8AM-7PM; Sat 8AM-1PM

Interview with Our consultant orthodontist Dr. Sanjay P. Gupta on Swasthya Sandesh Programme (Crystal television) regarding Dentistry

Orthodontic Center & Speciality Dental Clinic

​​

किन बाँध्ने दाँतमा तार ?

प्रकाशित मिति:२०७१ चैत १० गते १९:३२
-डा. सञ्जय गुप्ता


सामान्य बोलीचालीमा अर्थोडोन्टिक उपचार भन्नाले दाँतमा तार बाँध्ने वा ब्र्रेसेज लगाउने बुझिन्छ । यो उपचार धेरैजसो किशोरावस्थामै गरिएको हुन्छ । अर्थोडोन्टिक्स दन्त चिकित्साशास्त्रको एउटा यस्तो विशेष विभाग हो, जसमा बाङ्गोटिङ्गो र नमिलेको  दाँतको उपचार गर्नुको साथै अनुहारको हड्डीको समस्याको रोकथाम र उपचार गरिन्छ । यसमा दाँत सीधा गर्ने मात्र नभई बच्चाको हड्डीको समस्या ग्रोथ मोडुलेसनबाट र वयस्कमा जवडाको समस्या (जव डेफर्मिटी) को समाधान अर्थोग्नाथिक सर्जरीद्वारा गरिन्छ ।
यो उपचार कति प्रकारका हुन्छन् ?
निकाल्ने राख्ने या फिक्स्ड दुवै हुन सक्छन् । फिक्स्डमा प्रायःजसो मेटलको वा दाँतको रङको कम देखिने सेरामिक अनि अरु किसिम भनेको दाँतको पछाडिबाट नदेखिने गरी गर्ने लिङ्गुअल ब्रससेज आदि हुन्छन् ।

अर्थोडोन्टिक उपचार किन गर्ने ?
दाँत बाङ्गोटिङ्गो र नमिलेको देखिनु वा अनुहारको हड्डीको समस्याको कारण यस्तो हुन सक्छ ।
१.    बाङ्गोटिङ्गो दाँतले गर्दा सफा गर्न गाह्रो भई किरा लाग्ने अनि गिजा र दाँतको वरिपरिको हड्डीको रोग लागी दाँत चाँडै झर्नु ।
२.    अनुहार सुन्दर नदेखिनु ।
३.    दाँत उछिट्टिएमा चोट लाग्ने सम्भावना बढी हुनु ।
४.    अनुहार नराम्रो देखिएको कारण मानसिक तनाव हुनु र खुलेर कुरा नगर्नु ।
५.    खाना चबाउन, बोल्न र श्वास फेर्न गा¥हो हुनु आदि ।
६.    दाँतको टोकाइ नमिलेर अनुहारको जोर्नीको (टीएमजे ज्वाइन्ट) समस्या देखिनु ।
तसर्थ यी कुराबाट बच्न अर्थोडोन्टिक उपचार गर्नुपर्छ ।
कहिले गर्ने ?
साधारणतया यो उपचारको उपयुक्त समय किशोरावस्थाको सुरुको उमेर अर्थात् १३–१४ वर्ष हो। यस बेलामा बच्चाको दाँत साटी सक्नु, केही मात्रामा अनुहारको हड्डीको बढ्ने प्रक्रिया बाँकी रहनु र ब्रेसेज लगाई समाजमा सजिलैसँग एड्जस्ट गर्ने क्षमता भएका कारण उपयुक्त मानिन्छ तर जुन बच्चामा अनुहारको हड्डी वा जवडाको समस्या देखिएको छ भने यो उपचार ८–१२ वर्षमै सुरु गर्नुपर्छ ।
यो उपचार वयस्क उमेरमा गर्नै मिल्दैन भन्ने चाहिँ होइन । दाँतलाई समातेर राख्ने वरिपरिको हड्डी स्वस्थ छ भने यो उपचार गर्न मिल्छ तर पहिलेको तुलनामा अलिक बढी समय लाग्छ ।
समस्या कसरी थाहा पाउने ?
बाङ्गोटिङ्गो नमिलेको दाँत, दाँतको बीचमा खाली ठाउँ, दाँत धेरै अगाडि आएको, कुनै दाँत नआएको (इेम्प्यक्टेड) वा अनुहार नमिलेको जस्तो लागेको अवस्थामा दन्तचिकित्सक वा अर्थोडोन्टिक विशेषज्ञसँग परीक्षण गराई थाहा पाउन सकिन्छ ।
अर्थोडोन्टिक विशेषज्ञले केही रेकर्ड जस्तै : विशेष एक्स–रे, दाँतको नाप तथा तस्बिर लिई त्यसको आधारमा बिरामीको समस्या समाधान हुनेगरी उपचार सुरु गर्छन् ।

कोसँग उपचार गराउने ?
फिक्स्ड अर्थोडोन्टिक उपचार यसैको विशेषज्ञसँग गराउनुपर्छ, जसले दन्तचिकित्सकको पढाइ पूरा गरेर यही विषयमा स्नातकोत्तर (एम डी एस) गरी दक्षता हसिल गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता गराएको हुन्छ ।

फाइदा के के छन् ?
अर्थोडोन्टिक उपचारले बाङ्गोटिङ्गो नमिलेको  दाँत र अनुहारको हड्डीका समस्या समाधान गरी अनुहारलाई सुन्दर मात्र होइन, दाँत र गिजालाई स्वस्थ राखी दाँतको आयु बढाउँछ ।

डा. सञ्जय गुप्ता, अर्थोडोन्टिक विशेषज्ञ



दाँत तथा मुखको रोगबाट बच्ने पाँच मन्त्र


डा सञ्जयप्रसाद गुप्ता, अर्थोडोन्टिक विशेषज्ञ
२०७६ बैशाख १६ सोमबार ११:०८:०० प्रकाशित 

स्वस्थ मुखले खाना चपाउन, निल्न, बोल्न, हाँस्न सहयोग गर्ने मात्र होइन, मानिसको सुन्दरता र आत्मविश्वासमा पनि मद्दत पुर्‍याएको हुन्छ।

दाँत तथा मुखको रोग, मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पारिरहेको हुन्छ। मुख स्वास्थ्य र शरीरका अन्य रोगहरु जस्तै मधुमेह, मुटुरोग, क्यान्सर तथा स्वास–प्रश्वाससम्बन्धी रोगहरुको सम्बन्ध दुईतर्फी हुन्छ। त्यसैले शरीरका अरु अंग जस्तै दाँत तथा मुखलाई पनि स्वस्थ राख्न अति नै जरुरी हुन्छ।

रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बेस हुन्छ र रोगको रोकथाम सस्तो र सर्वसुलभ मानिन्छ। दाँत तथा मुख रोगको धेरैजसो रोकथाम प्रतिरोधात्मक पद्धति, जीवनशैली र जनचेतना फैलाएर गर्न सकिन्छ।

पाँच मूल मन्त्र

– दाँतमा टाँस्सिने खालका खानेकुरा कम र रेसादार खानाहरु जस्तैः फलफूल र हरियो सागपात सेवन बढी गर्ने।

– फ्लोेराइडयुक्त टुथपेस्टले दिनको दुई पटक दुई मिनेटसम्म ब्रस गर्ने र डेन्टल फ्लसको मद्दतले अड्किएको खाना निकाल्ने।

– खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने।

– नियमित रुपमा मुख तथा गिजाको जाँच दक्ष दन्तचिकित्सकसँग गराउने र दाँतको स्केलिङ (प्रोफेसनल क्लिनिङ) गराउने (कम्तीमा हरेक ६ महिनामा)।

– सुर्तीजन्य पदार्थको सेवन नगर्ने र अत्यधिक मात्रामा मध्यपान सेवन नगर्ने।

(डा गुप्ता त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका उप–प्राध्यापक हुन्)


























                                              Interview on Keeps FM 98.3 Mhz with Dr. Sanjay P. Gupta (Consultant Orthodontist)















                                                   Awareness Video on Braces ( ODOAN Video )                                                                  Dr. Sanjay's interview in AP1 Television